निजगढ नगरपालिकामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । स्थानीय निकायहरुले उपलब्ध गराएको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
निजगढ नगरपालिकाको वडा नम्बर ७ को वडा कार्यालय भवनमा स्थानीय तह निर्वाचन, २०७९ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
निर्वाचन आयोगद्वारा नियुक्त निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले कार्यालय स्थापना भएसगै राजनैतिक दल स्थानीय सञ्चारकर्मीहरुसग अन्र्तक्रिया समेत गरेका छन् ।

उक्त अवसरमा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की, सहायक निर्वाचन अधिकृत रविन घिमिरे, एमालेका उपाध्यक्ष भोला गौतम, काग्रेस उपसभापति ज्ञान बहादुर गोले, माओवादी केन्द्रका कुमार लामा, एकिकृत समाजवादीका नगर अध्यक्ष भिम सापकोटा, राप्रपा नगर अध्यक्ष खड्ग प्रसाद उप्रेती, समाजवादी फोरमका अध्यक्ष मोजहर मंसुर, उन्नत लोकतन्त्र पार्टीका नगर अध्यक्षका उम्मेदबार गिता मैनाली लगायत राजनैतिक दलका प्रतिनिधि स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
