बारामा धारिलो हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको निजगढ नगरपालिका ९ , भमराका ४५ वर्षीय बिमल कुमार बस्नेतले राति ८बजे ४० वर्षीया श्रीमती लक्ष्मी राईको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेका हुन् । धारिलो हतियार प्रहारबाट राईको अस्पताल पुर्याउने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुश्वाहले प्रेसचित्रलाई बताए । श्रीमान श्रीमतीको सामान्य भनाभन पछि श्रीमानले धारिलो हतियार प्रहार गरेको र छुटाउने क्रममा निजको छोरीहरु गंगा जमुना राईको पनि हातमा चोटपटक लागेकाले निजगढ सामुदायिक अस्पताल पश्चात थप उपचारको लागी बिरगंज पठाईएको निरीक्षक कुश्वाहले जानकारी दिए । घटनास्थलबाट प्रहरीले रगत लागेको खुर्पा बरामद गरेको पनि उनले बताए । मृत राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैया ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको निरीक्षक कुश्वाहले बताए

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय