काठमाडाैं । काठमाडौं महानगरपालिकाले आज (भदौ १० गते) देखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोप अभियान सञ्चालन गर्ने भएको छ।
बुधबार एक सूचना जारी गर्दै महानगरले भेरोसेल खोपको पहिलो मात्रा बिहीबार लगाइने र पहिलो मात्रा लगाएको २१ दिन पूरा भएकाहरुलाई भदौ ११ देखि १३ गतेसम्म दोस्रो मात्रा दिन लागिएको जनाएको छ।
महानगरपालिकाको ३२ वटै वडाबाट विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिनेछ। खोपको पहिलो मात्रा लगाउनको लागि आफ्नो परिचय खुल्ने कागजात सहित वडास्थित खोप केन्द्रमा जान महानगरले आग्रह गरेको छ।
पहिलो मात्राको खोप ४० वर्षभन्दा माथिका नागरिक,र १८ वर्ष पूरा गरेका कक्षा ११ /१२ मा अध्ययनरत विद्यार्थी र विश्वविद्यालय तहको परीक्षार्थीहरूलाई दिने भएको हो । परीक्षार्थीहरूले प्रवेश पत्रको आधारमा खोप पाउने व्यवस्था गरेको महानगरले जनाएको छ ।

ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Radio Nijgadh
Made with ❤️ By Indeep Koirala
