राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल युवक संघ का केन्द्रिय उपाध्यक्ष मुकुन्द रोका सहितको परिवार चढेको गाडी त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

प्युठानबाट बिरामी छाेरी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका हुन् । दुर्घटना भए लगतै अखिल नेपाल युवक संघ का केन्द्रिय उपाध्यक्ष मुकुन्द रोका नदीमा पौडिएर निस्किन सफल भएका छन् ।

जिल्ला प्रहरी ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टलेचितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको स्कारपियाे बिहीबार बिहान साढे पाँच बजे त्रिशूलीमा नदीमा खसेको बताए ।

अखिल युवक संघका केन्द्रीय अध्यक्ष अनिल किशाेर घिमिरेका अनुसार दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का घाइते छन् । बेपत्ता हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का, बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसी रहेका छन् ।

घाइते मुकुन्दकाे चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको छ । बेपत्ताहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय