बिपिन अधिकारी, (बारा )बाराको पूर्ब पश्चिम राजमार्ग अवस्थित निजगढ नगरपालिका वडा नं.८ को उनासि पुलमा सोमवार राती १२ः३० बजे बस पल्टीएर भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ देउखुरी गटवा ५ बस्ने अन्दाजी बर्ष ४५ को चेतन राय यादब रहेका छन । उनको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा १० जनाको अवस्था गम्भीर भई घाईतेलाई बयोधा अस्पताल बिरगंजमा थप उपचारका लागि रिफर गरिएको छ । अन्य भने सामान्य घाईते भई स्थानीय अस्पतालमा उपचार भईरहेको छ । बसमा सवार गरेका ४३ जना यात्रु दुर्घटनामा घाईते भएका थिए । घाईते सबैको पहिचान भने खुली सकेको छ ।
प्रहरीको भनाई अनुसार काकडभित्तादेखि दाङ तर्फ जादै गरेको ना ८ ख ११६४ नं.को बसको पट्री भाँचिन गई बस अनियन्त्रित भई पुल देखि ८ मिटर तल खसेको थियो।
सख्त घाईते भई बिरगन्ज रिफर गरिएकाहरुमा बस चालक सल्यान सारदा नपा ३ बस्ने ४० को भोला ब.भण्डारी, प्युठान सरुमाइरानी ३ बस्ने बर्ष ४६ को ईमा राम सुनार र सुर्खेत भेरी गंगा न.पा ११ बस्ने बर्ष २५ को सोनु बि.क. रहेका छन ।
त्यसैगरी अर्घाखाची सितागंगा ७ निवासी २७ बर्षिय रोम बहादुर राउत, प्युठान बांगेशाल नपा १ निवासी ३५ को बल बहादुर दमाई, सल्यान सारदा ५ बस्ने बर्ष ५५ को बल बहादुर मगर रहेका छन । त्यस्तै दाङ मटिअर्वा ५ बस्ने बर्ष ३५ को दयाराम यादब, दाङ राजपुर बर्ष २१ को चितराम यादब, प्युठान हंसपुर ३ बस्ने बर्ष ५९ को गंगाराम बि.क., धनकुटा चौबिसकोटी ५ बस्ने बर्ष ३५ की खेम कुमारी याखा रहेका छन् ।
अगाडिको पट्टा भाचिदा बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुश्वाहाले बताउनु भएको छ ।


