मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुराउने उद्देश्यले निजगढमा शुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेस प्रदेशले पहिलो दिन खेलमा अग्रता बनाएको छ ।

पहिलो दिन सम्पन्न पाँच वटा तौल समुहको खेलमा मधेस प्रदेशले दुई स्वर्ण, दुई काश्य र एक रजत पदक हासिल गरी प्रथम बनेको हो । पुरुष ४० किलो तौल समुहमा नादिम हुसैन र ४३ किलो तौल समुहमा सिद्धार्थ प्रजापतीले स्वर्ण पदक हात पारेका हुन । त्यसैगरी पुरुष ४८ किलो तौल समुहमा लुम्बनीका जस्मीन चौधरी, महिला ४० किलोतर्फ कर्णालीकी ललिता बुढा र महिला ४३ किलोमा बाग्मतिकी सदिक्षा कार्कीले स्वर्ण पदक हात पारेका छन । प्रतियोगितामा नेपालका ७ प्रदेशसहित भारत, बंगलादेश, कोरिया, जापानका खेलाडीहरुको सहभागिता रहेको सो प्रतियोगिताको उद्धाटन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादबले गर्नुभएको थियो ।

आयोजक मधेस प्रदेश तेक्वाण्डो संघका अध्यक्ष पेमासिद्धी लामाको अध्यक्षतामा भएको उद्धाटन कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ्ग, राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव एवम सितेरियो कराते महासंघका अध्यक्ष युवराज लामा, निजगढ नगरपालिकाका पूर्वनगरप्रमुख सुरेश खनाल, पूर्वउपप्रमुख लिलादेवी लामिछाने, संघका महासचिव राजकुमार लामालगायतले शुभकामना मन्त व्क्त गरेका थिए ।

५९ लाख कुल लागत रहेको प्रतियोगिताको मुख्य निर्णायकमा राखेपका तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा रहनु भएको छ भने निर्णायकहरुमा अन्तर्राष्टिय निर्णायक रबिन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी, नविना बुढाथोकी मगर लगायतका रहेका छन । जिरोगीतर्फ पुरुष सात र महिला छ गरी १३ तौल समुह र पुम्सेतर्फ जुनियर १० बर्षको सिगल, १२ बर्ष डबल र १४ वर्षको गु्रप गरी तीन तथा सिनियर पुम्सेतर्फ १८ बर्ष तल र माथि महिला÷पुरुष गरी चार टिम गरी २० ईभेन्टमा प्रतियोगिता संचालन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय