निजगढ । निजगढ नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट सुरथ पुरी र उपमेयरमा सोम माया थिङले उम्मेदवारी दर्ता गराएका छन् ।
निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा पुरी र उपमेयरमा थिङले उम्मेदवारी दर्ता गराएका हुन्।
के पि ओलि नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मेयरमा पुरी र उपमेयरमा थिङले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।
