नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेलाई पुरस्कृत गर्ने भएको छ । सहकारी आन्दोलनमार्फत समाजेवामा सक्रिय रहदै आउनु भएकी लामिछानेलाई नेफ्स्कुन स्थापनाको ३४ औं वर्षगाठको अवसरमा आज ‘स्थापक अध्यक्ष’ पुरस्कारबाट सम्मान गर्न लागेको हो ।
नेफ्स्कुनले एक विज्ञप्तिमार्फत उपप्रमुख लामिछानेलाई उक्त पुरस्कारबाट सम्मान गर्ने बारे जानकारी दिएको हो । स्थापना दिवसको अवसरमा हरेक वर्ष देशभरीका उत्कृष्ट सहकारी संस्थाका संस्थापक मध्येबाट एक महिला र एकजना पुरुष तथा कर्मचारीलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।
निजगढ महिला वचत तथा ऋण सहकारी संस्थामार्फत सहकारी अभियानमा सक्रिय रहदै आएकी उप्रमुख लामिछाने निजगढस्थित निजगढ महिला बचत सहकारीको संस्थापक अध्यक्षसमेत हुन ।
