निजगढ,५ दिनअघि निजगढमा भएको विष्फोटनको घटनामा मृतकको घटनामा प्रहरीले दिएको नाम, थर, ठेगाना र उमेर पनि नमिलेको भन्दै पीडितका आफन्तले ंसच्याउन माग गरेका छन् । निजगढ ७ स्थित रोहित वर्कशपमा ३ जनाको ज्यान जाने गरी गत सोमवार भएको विष्फोटनमा ज्यान गुमाएका रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ९ का १८ वर्षिय रिपु रजक धोबीको नाम, थर, ठेगाना र उमेरसमेत फरक परेको भन्दै आफन्तले प्रहरीसंग सच्याउन आग्रह गरेका हुन । घटनापछि प्रहरीले सार्वजनिक गरेको घाइते र मृतकको विवरणमा उनको नाम ऋतु रजक, उमेर २० वर्ष र ठेगाना वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ उल्लेख गरेको थियो । रोहित वर्कशप नजिकै कोठा भाडामा लिएर बस्दै आउनुभएकी रिपुकी सानीआमा सुशिला रजकले प्रहरीले आफूहरुसंग सम्पर्क नै नगर तयार पारेकोले विवरण फरक परेको बताउनुभयो । उहाँले रिपु घटनाका अर्का मृतक वर्कशप संचालक रेशम मगरको साडुभाइको छोरा भएको पनि जानकारी दिनुभयो । १ वर्षअघि देखि रेशमकै घरमा बसेर वर्कशपमा काम गर्दैआएका रिपुको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पताल गत मंगलवार बिहान मृत्यु भएको थियो ।
यसैबीच घटनाका मृतक भारतीय नागरिक राकेश जैसवालको शव अझै पनि आफन्तले बुझेका छैनन् । अस्पतालमा उपचारको क्रममा भएको खर्च रकम बुझाउन नसकेपछि आफन्तले घर लगेर शवको सदगद गर्न नसकेका हुन । अस्पतालका अनुसार उनको उपचारमा ५ लाखभन्दा बढी खर्च भएको छ । शब बुझ्न भनेर पुगेका आफन्त अस्पतालले मागेको रकम बुझाउन नसकेपछि बिहीवार त्यसै घर फर्किएका थिए । भारतको विहारस्थित मोतिहारी घर भएका ३५ वर्षिय राकेशले निजगढ ९ स्थित कवाडी संचालक रमेश जयसवालको पसलमा कवाडीको सामान संकलन गर्ने काम गर्दैआएका थिए । उनीले नै रमेशको कवाडी पसलबाट उक्त विष्पोटक पदार्थ अटोरिक्सामा राखेर रोहित वर्कशपमा पु्याएका थिए ।
यसैबीच विष्पोटमा गंम्भीर घाइते बनेका अर्का भारत रामघडवाका १३ वर्षका अरबिन्द साहको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचारको क्रममा चिकित्सकहरुव्दारा दाहिने हात र देब्र खुट्टा काटिएका उनकोे अवस्थामा केही सुधार आएको अरबिन्दका भिनाजु निजगढ ९ का महेन्द्र साहले जानकारी दिनुभएको छ ।
