निजगढ,
नेकपा एमालेका सचिव एवंम मधेस प्रदेश कमिटीका इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेमा सिद्धांन्त र व्यवहारको दृष्टिकोणले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताउनुभएको छ ।
पार्टी कामको सिलशिलमा रौतहट जान लाग्नुभएका नेता भट्टराईले बिहीवार बिहान निजगढमा आयोजित पार्टी कार्यकर्ताहरु भेटघाट र परिचयात्मक कार्यक्रममा बोल्दै सचिव भट्टराईले सो कुरा बताउनुभएको हो ।
‘सिद्धान्त र विचारमा मात्रै होइन एमाले व्यवहारमा पनि उत्तिकै अब्बल छ, उहाँले भन्नुभयो, पार्टीले अङ्गिकार गरेको जनताको बहुदलीय जनवाद माक्सवादको सृजनात्मक सृजनात्मक प्रयोग हो र विश्वका अन्य धेरै देशमा यसलाई अपनाउन थालिएको छ । उहाँले पार्टीको सिद्धान्त र व्यवहार सहि भएकोले नै अहिले एमाले देशको सबैभन्दा लोकप्रिय दलको रुपमा रहेको पनि बताउनुभयो । ‘एमाले जनताको मनमा बसेको पार्टी हो, उहाँले भन्नुभयो, गत संसदीय निर्वाचनमा विपक्षीहरुको गठबन्धनका बाबजुद जनताले एमालेलाई मत दिएर समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बनाएका हुन ।’ उहाँले चुनावमा विपक्षीहरुले गठबन्धन नगरकेो भए एमालेले प्रत्यक्षतर्फ पनि थप २०÷२५ सिट बढी जित्ने दाबी पनि गर्नुभयो । उहाँले राष्ट्रियताको बारेमा एमालेले अबलम्बन गरेको नीतिका कारण पनि देशको स्वभिमान उच्च हुदै गएको बताउनुभयो । आफूहरुले छिमेकी भारत र चीन दुबैको प्रभावमा नपरी राष्ट्रिय स्वाधिनताको लागि काम गरेको पनि बताउनुभयो ।
हालको निर्वाचन प्रणालीमा कुनै पनि दलले एक्लै बहुमत ल्यााउन कठिन हुने भएकोले यो प्रणाली परिवर्तन गर्ने बारेमा पनि बहस सुरु भएको बताउनुभयो । ‘निर्वाचन प्रणालीले एकल दलको सरकार गठन गर्न मात्र बाधक होइन दलहरुलाई नै भ्रष्टीकरणको दिशामा पु¥याएको छ, नेता भट्टराईले भन्नुभयो, यस्तो प्रणालीलाई परिवर्तन गर्नुपर्छ ।’ उहाँले निर्वाचन प्रणाली खर्चिलो भएकोले दलहरुले चुनाव जित्नको लागि पैसावालालाई टिकट दिनुपर्ने बाध्यता आएको जनाउनुभयो । ‘असल र इमान्दार मान्छेले भन्दा साम, दाम र दण्डभेद प्रयोग गर्न सक्नेले मात्रै टिकट पाउने अवस्था आयो ।’ उहाँले भन्नुभयो । उहाँले ३ तहको संघीयताको बरेमा पनि पुर्नवितरा गर्नुपर्ने अवस्था आएको जिकिर गर्नुभयो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवंम रौतहट जिल्ला इन्चार्ज पुरुषोत्तम पौडेललगायत स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय