बाराको करैयामाइ गाउँपालिका वडा न. ५ स्थित तेतरिया गाउँ नजिकै खेतबारीमा बेवारिसे अवस्थामा अन्दाजी २० क्युफिट सालको काठ बरामद भएको छ । विहिबार बेलुकी करिब ६ः५० बजेको समयमा कोल्हबी सब–डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिम मिया र सशस्त्र सुरक्षा बेस क्याम्प कोल्हबीका प्रहरी नायब निरीक्षक विश्वनाथ यादवको संयुक्त कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त बेवारिसे अवस्थामा रहेको सालको गोलिया बरामद गरेको हो । बरामद गरिएको काठ सब वन डिभिजन कार्यालय मधुवन पोष्टमा बुझाइएको छ ।
