बसन्त लामा÷सिङ्गौल । निजगढ नगरपालिकाको वडा नं. १ मा महिला हिंसा न्यूनीकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । हाम्रो प्रतिबद्धता महिला हिंसा विरुद्ध बुलन्द आवाज भन्ने मुला नाराको साथ विहिबार कार्यक्रम आयोजना गरिएकोे हो । वडा कार्यालयको सहयोगमा महिला आवाज निजगढ वडा नं. ७ को आयोजनामा भएको सो कार्यक्रममा प्रमुख प्रशिक्षक कल्पना खरेल र सहायक प्रशिक्षक गंगा शिवाकोटीले महिला हिसा न्यूनीकरणको बारेमा महिलाहरुलाई जानकारी दिनुभएको थियो । वडा नं. १ का वडा अध्यक्ष मगल लोप्चनको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता महिला आवाज नेपाल सस्थाकी अध्यक्ष सावित्री बरालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महिला आवाज नेपालकी सचिव सोभा तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा नगर कार्यपालिकाकी सदस्य फुलमाया घलान, वडा सदस्य कान्तलाल धामी, मन्जुकुमार कछडिया, जुनेलीमाया बिक, निवर्तमान वडा सदस्य सोपिला स्याङन्तान, राधिका खड्काको समेत उपस्थिति रहेको थियो । संगौलमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा भएको कार्यक्रममा वडा नं. १ का ५४ जना महिलाको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय