राष्ट्रिय स्वतन्त्र पार्टी निजगढले पार्टीको प्रथम वार्षिक स्थापना दिवसको अवसरमा विहिबार निजगढ नगरपालिका वडा नम्बर ४ स्थित पर्वतनाथ महादेव मन्दिर परिसरमा सरसफाइ गरेको छ । रास्वपा निजगढ नगर संयोजक रामहरि खरेलको नेतृत्वमा मन्दिर सरसफाई गरिएको हो । संयोजक खरेलका अनुसार संगठनको स्थापना दिवसको अवसरमा केही उदारणीय र सृजनशील कामको थालनी गर्ने क्रममा मन्दिर परिसरको सरसफाइ गरिएको जानकारी दिनुभयो । कार्यक्रममा रास्वपाका प्रदेश कमिटी सदस्य सुर्य थापा मगर, निजगढ नगर सदस्य नेत्र कार्की र निजगढ नगर कार्यसमितिका सदस्यहरु तथा निजगढ राईडर क्लबका सदस्यलगायत स्थानीयको पनि सहभागिता रहेको थियो ।
