जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आईतबारदेखि सिभिल इन्जिनियरिङ कक्षा संचालनमा आएको छ । विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले कक्षाको आररम्भ गर्नुभएको हो । प्राविधिक शिक्षाको आरम्भ कार्यक्रममा बोल्दै प्रमुख पौडेलले दक्ष जनशक्ति उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । दक्ष जनशक्ति उत्पादन हुनसके उपमहानगरको विकास निर्माणलगायतको कार्यमा उपयोगी हुने पौडेलको भनाई थियो । नगर प्रमुख पौडेलले अस्तव्यस्त अवस्थाको रुपमा रहेको विकास निर्माणको कार्यमा समेत सुधार हुनसक्ने बताउनुभयो । कार्यक्रममा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले प्राविधिक शिक्षालय संचालन हुनु गौरवको विषय रहेको भन्दै उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । आफू गाविस अध्यक्ष भएका बेला पथलैयाको शिक्षा क्षेत्रको विकासका लागि काम गरेको बताउदै अधिकारीले आगामी दिनमा पनि आफू प्रतिवद्ध रहेको बताउनुभयो । प्राविधिक कक्षा प्रारम्भ भएसंगै विद्यालयमा ९ देखि १२ कक्षासम्मका विद्यार्थीले सिभिल इन्जिनियरिङको कक्षामा अध्ययन गर्नसक्ने विद्यालयका प्रध्यानाध्यापक शम्भु मण्डलले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण आलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण शिक्षक रुवन थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय