बसन्त लामा/सिङ्गौल । निजगढ नगरपालिका वडा नम्बर १ मा अज्ञात रोगका कारण वस्तुभाउ मर्न थालेका छन् । घरमा पालेको वस्तुभाउ मर्न थालेसँगै स्थानीय किसान केही दिनदेखि चिन्तामा परेका छन् ।
शरीरमा फोका आउने, ¥यालमा रगत आउने र जरोबाट किसानले पालेका गाई गोरु शनिवारदेखि मरिरहेको स्थानीयले जानकारी दिएका छन । हिजो बिहान मात्रै वडा नम्बर १ का दुई जना कृषकको एउटा÷एउटा गाई मरेको छ ।
सिंगौलमा सरकारी पशु सेवा चिकित्सक उपलब्ध नभएको र समयमा रोग विरुद्धको भ्याक्सिन लगाउन नसक्दा वर्षेनी गाई, गोरु र भैंसी मरेर स्थानीयले ठूलो आर्थिक क्षति व्यहोर्नु परिरहेको छ । गत वर्ष निजगढ नगरपालिकाले एक पशु डाक्टर सहितको औषधीको व्यवस्था गरेको थियो । तर यो वर्ष डाक्टर र औषधीको व्यवस्था नहुँदा स्थानीयको पशु रोगका कारण मरिरहेका हुन ।
सिंगोलमा निजी पशु भेटनरी र डाक्टरको उपलब्धता छ तर निजी भेटनरीले अधिक शुल्क लिने र विरामी पशुको उपचारका लागि सम्पर्क गर्दा समयमा उपलब्ध नहुने लगायतको समस्या भएको स्थानीहरुले गुनासो गरेका छन । अज्ञात रोगबाट वस्तु भाउ भटाभट मर्दा पनि सिंगौलको स्थानीय सरकार निजगढ नगरपालिकामा रहेको पशु स्वास्थ्य शाखाबाट कुनै सहयोग प्राप्त नभएको स्थानीय राममाय थिङले गुनासो गर्नुभयो । सिंगौल वडा नम्बर १ मा पशु स्वास्थ्य सेवाका लागि भवन निर्माण भएको वर्षै वित्तिसक्दा पनि सो भवन प्रयोगमा आउन सकेको छैन । उपलब्ध पूर्वाधारको उपयोग हुन नसक्दा स्थानीय कृषकले पालेका पशुहरु रोगको चपेटाबाट मर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय