लायन्स क्लब अफ निजगढ युथको प्रेसिडेन्टमा स्थानीय व्यवसायी सुदर्शन दङ्गाल चुनिनुभएको छ । निजगढ ४ स्थित पोखरी रिसोर्टमा शुक्रवार भएको क्लबको तेस्रो बृहत अधिवेशनले लायन वर्ष सन् २०२३–२०२४ को लागि दङ्गाललाई सर्बसम्मत रुपमा प्रेसिडेन्टमा चयन गरेको हो ।त्यसैगरी क्लबको भाइस प्रेसिडेन्टमा अविनास सापकोटा, सेकेण्ड भाइस प्रेसिडेन्डमा भाइकाजी श्रेष्ठ, सेक्रेटरीमा सरोज कोइराला र ट्रेजररमा अजित कोइराला पनि सर्वसम्मत चुनिनुभएको छ ।कार्यक्रममा लायन्स क्लबका जोन चियरपर्शन पवन श्रेष्ठ, इनकमिङ्ग चियरपर्शन गोपाल रिसाल, डिस्टिक चियरपर्शन खडगप्रसाद उप्रेती, लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट अरुण सर्राफ, लायन्स क्बल आफ निजगढ सिटीका इनकमिङ्ग प्रेसिडेन्ट राजेन्द्र सापकोटा लगायत लायन्स क्लबका सदस्यहरुको उपस्थिति रहको थियो ।
