निजगढ नगरपालिका वडा नम्बर ७ स्थित नेत्रोदय माध्यमिक विद्यालयमा शुक्रवार विद्यार्थीहरुको व्यक्तित्व विकास र पठनपाठन सुधारको लागि एकदिने कार्यशाला गोष्ठीको आयोजना गरिएको छ ।विद्यार्थीहरुमा अध्ययन गर्ने संस्कृति स्थापित गरेर व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा विद्यालयको कक्षा ५ भन्दा माथिका कक्षामा अध्ययन विद्यार्थीहरुको सहभागिता रहको थियो । निजगढ ७ को चौतारा युवा क्लबको आयोजनामा भएको कार्यक्रममा हेटौंडाका प्राज्ञिक प्रशिक्षक छवि अनित्यले विद्यार्थीहरुलाई सहजीकरण गर्नुभएको थियो । चौतारा युवा क्लबका अध्यक्ष दिलबहादुर पुलामी अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु कविता लामा र भगवती घिमिरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर डिसी, प्रधानाध्यापक कुलबहादुर अस्तानी, शिक्षक अभिभाव संघका सदस्य मोतीबहादुर राना लगायतको उपस्थिति रहेको विद्यालयका शिक्षक दिलबहादुर रानामगरले जानकारी दिनुभयो ।
