सिकिन्द्र साह, सिम्रौनगढ,
बाराको सिम्रौनगढ नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर भेला तथा अधिवेशन सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य बिजय जरुकोको प्रमुख आतिथ्य एव स्थानीय साहेब अन्सारीको अध्यक्षतामा भेला आयोजना भएको हो । कार्यक्रममा मधेस प्रदेश सभापति ईन्जिनियर तपेश्वर यादव, महामन्त्री तथा संगठन विभाग प्रमुख मणिषकुमार साह, बारा क्षेत्र नं. १ का प्रत्यासी गणेश धिमाल, केन्द्रीय सदस्य ममता शर्मा ठाकुर नेत्री लक्ष्मी तिवारी, बारा जिल्ला सन्योजक चन्दन स्वर्णकार लगायतले मन्तव्य राख्नु भएको थियो ।
अधिवेशन सुरु हुनुभन्दा अघि रास्वपा कार्यकताहरुले बजार परिक्रमा गरेका थिए । कार्यक्रममा सिम्रौनगढ नगरपालिकामा रहेका सफाइ श्रमिकहरुलाई खादा ओढाएर सम्मानित पनि गरिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश धिमालले मुलुकमा परिवर्तनको लहर चलेको बताउँनुभयो । ‘सबै पार्टीको टाउको दुःखाईको अवस्था अहिले छ,’ धिमालले भन्नुभयोे, ‘उचित न्यायको लागि राष्ट्रिय स्वतन्त्र पार्टी लडिरहेको छ ।’
नागरिकता विधेयक सम्बन्धि पार्टी अध्यक्ष रवि लामिछानेले विरोध नगरेको तर प्रक्रिया मिलाएर नागरिकता दिनुपर्ने उहाँले बताउनुभयो । संसद बैठक नभएको समयमाा अध्यादेश जारी भएको हुँदा सरकारको कार्यप्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।
नगर अधिवेशनबाट साहेब मिया अन्सारीलाई अध्यक्षमा नियुक्त गरिएको छ । सचिवमा प्रमोद कुशवाहा, कोषाअध्यक्षमा रौसन कुशवाहा रहनु भएको छ ।
कार्यक्रममा सांसद लक्ष्मी तिवारी, केन्द्रीय सदस्य ममता ठाकुर शर्मा, जिल्ला सभापति चन्दन स्वर्णकार, संचालक वीरबहादुर कुशवाहा तथा सञ्चारकर्मीको सहभागीतामा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय