निजगढस्थित शहिद चोकमा सुरु भएको रिले अनसन शुक्रवार एघारौं दिन पनि जारी छ ।
अनसनमा ८ जना महिला र २ जना पुरुष गरी १० जनाको टोली सहभागी रहेका छन । अनसनमा कल्पना पोखरेल, मिरा पोखरेल, चन्दा चौलागाई, जानुका तिमल्सिना, देबकी खनिया, किरण श्रेष्ठ, सीता रिसाल, पार्वती अधिकारी, रामप्रसाद ओझा र बलराम तिमल्सिना सहभागी भएका छन ।
शुक्रवार साँझ ५ बजेबाट अनसन सुरु गरेका उनीहरुले शनिवार साझँ ५ बजेसम्म खाना नखाइ २४ घण्टासम्म अनसन बस्ने छन ।
