विमानस्थल निर्माणको माग राखेर निजगढस्थित शहिद चोकमा सुरु भएको रिले अनशन आठौं दिन पनि जारी रहेको छ । आज ५ बजेबाट भोलि ५ बजेसम्म गरी २४ घण्टासम्म बस्ने अनशनमा महिलाहरुले सहभागिता जनाएका हुन ।
अनशनमा सावित्री भारती, सिताकुमार मैनाली, सुनमाया लोप्चन, रामकुमारी गोले, लक्ष्मी चौलागाई लम्साल, गिता चौलागाई, अन्जु सुनार, सिताकुमार दुरुङ्गच्याङ्ग मगर, कमला थापा रेग्मी र चिनीमाया थिङ्ग सहभागी छन ।
उनीहरुले आज साँझ ५ बजेबाट अनसन सुरु गरेका हुन ।
