नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच निजगढमा चुनावी गठबन्धन बनेको छ । आगामी वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति दुई दलका बीचमा भएको हो ।
निजगढमा नेपाली कांग्रेस र माओवादीबीच भागबन्डामा कुरा मिलेपछि गठबन्धन हुने भएको छ । नेपाली कांग्रेस र माओवादीबीच पटक–पटक छलफल गरी उपमेयर सहित चार वटा वडा माओवादीलाई दिने भएपछि सहमति जुटेको बताईएको छ ।
भागबन्डाका निम्ती नेपाली कांग्रेस र माओवादी बीच केही दिनदेखि छलफल भईरहेको भएतापनी शनिवार सहमति भएको थियो । सहमतिअनुसार भनिएको वडाको बारे हाल कुन कुन वडा माओवादीलाई दिने भने हाल सम्म खुलाईएको छन । कांग्रेसका एक नेताका अनुसार उनिहरुले २, ३, ६ र ७ नंम्बर वडा माग गरेको र त्यहीँ अनुसार सहमति हुने बताए ।
यसैबिच, निजगढमा कांग्रेस र माओवादीले सम्मानजनक व्यवहार नगरेको भन्दै गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएिको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय