नेशनल प्याब्सन बाराले शुभदिपावली तथा छठ पर्वको अवसरमा बाराको महागढीमाईमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ । नेशनल प्याब्सनका केन्द्रीय सचिव एंव निजगढस्थित होली एन्जल्स बोडिङ्ग स्कुलका संचालक नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जिल्लाका विभिन्न्न पालिकामा निजी विद्यालय संचालकहरुबीच आपसमा शुभकामना आदानप्रदान भएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सचिव शर्माले सरकारको गलत नीतिका कारण संस्थागत विद्यालयहरु धारासायी बन्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए। उनले राज्यको निजी विद्यालयहरुलाई हेर्ने दृष्टिकोण गलत र बिभेदकारी रहेको आरोप पनि लगाए। करोडौंको लगानीमा संचालन गरिएका निजी विद्यालयहरुलाई राज्य पक्षले कुनै सेवा सुविधा नदिएको बरु उल्टै हेला र अपमान हुने कार्य गरेको शर्माले बताए।
कार्यक्रममा बोल्दै नेशनल प्याब्सनको केन्द्रीय ससचिव चन्द्रीका गुप्ताले देशमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न निजी विद्यालयले पुर्याएको योगदानको उपेक्षा गरिएको बताए।
