अनेरास्ववियु जिल्ला कमिटी बाराको आयोजनामा शुक्रबार निजगढमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । अनेरास्ववियुले प्रजातन्त्र दिवसको अवसर पारेर निजगढ शहिदचोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको गरेको हो ।
बिहान ८ बजेदेखि शुरु भएको कार्यक्रममा एक महिलासहित ५८ जनाले रगत दान गरेको अनेरास्ववियु जिल्ला सचिव श्यामकृष्ण घिमिरेले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी वीरगन्जको प्राविधिक सहयोगमा भएको कार्यक्रममा रक्तदाताहरुलाई संघीय सरकारकी कृषि तथा पशुबिकास मन्त्री पद्मा अर्यालले प्रसंशा पत्र प्रदान गरेकी थिईन ।
मन्त्री अर्याल सर्लाही जानेक्रममा केहीबेर रक्तदान कार्यक्रममा सरिक हुनुभएको हो ।

