निजजढ, बाराको निजगढ नगरपालिका वडा नं.१३ बेशिगाउँ घर भएका एक किशोरले आत्महत्या गरेका छन् । बिहीवार बिहान ११ः१५ बजेको समयमा अन्दाजी १८ बर्षीय एस कुमार पाख्रिन नाम गरेका किशोर झुडिएको अवस्था फेला परेको हो ।
घरदेखि करिब ५० मिटर उत्तर तर्फ रहेको बोट धारोको रुखमा नाईलनको डोरीमा पासो लगाई झुण्डिभएको अवस्था रहेको ईलाका प्रहरी निरिक्षण सुमित कुशुवाहले बताउनुभयो ।
पाख्रिन करिब ७ दिनदेखि घरबाट फरार भई उनका आफन्तहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत खोजीकार्यको लागी सहयोगको अपिल गरेका थिए ।
