राष्ट्रिय सहकारी बैङ्कका संचालक समितिका अध्यक्ष केबी उप्रेतीले स्थानीय तहको सबैभन्दा नजिकको र उपयोगी संस्था भनेको सहकारी संस्था नै भएको बताउनुभएको छ । बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको हिजो निजगढमा भएको १४ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष उप्रतीले सो कुरा बताउनुभएको हो ।

उहाँले स्थानीय तहको सरकारहरुले सहकारी संस्थामार्फत पालिकाको विकास निर्माण र जनचेतना अभिवृद्धिका सम्बन्धि कार्यक्रम संचालन गर्नसक्ने पनि बताउनुभयो ।

संघका जिल्ला अध्यक्ष सतेन्द्रप्रसाद ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममायाँ थिङ्ग, राष्ट्रिय सहकारी महासंघका सदस्य टेकबहादुर चौलागाई, राष्ट्रिय सहकारी बैङ्कका संचालक समिति सदस्य विश्वनाथ मण्डल, मुकुन्दबहादुर क्षेत्री लगायतले साधारण सभा सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संघको जिल्ला कोषाध्यक्ष एंव निजगढ महिला सहकारीकी अध्यक्ष शोभा राउतले प्रस्तुत गरेको संघको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । कार्यक्रममा संघको पहिलो साधारण सभा गराउने ओम बचत तथा ऋण सहकारीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट संचालक मध्येबाट लोकप्रिय बचत तथा ऋण सहकारी निजगढका अध्यक्ष अम्बिका चौलागाई र उत्कृष्ट व्यवस्थापकमा उद्यमशील बचत तथा ऋण सहकारी संस्था जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ सुन्दर बस्तिका कृष्ण नेपाललाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रमको सचालन संघका जिल्ला उपाध्यक्ष राजुराज अधिकारीले गर्नुभएको थियो । १३ लाख शेयर पुजी रहेको संघले हाल करिव १ करोड बराबरको कारोबार गर्दैआएको छ । संघमा जिल्लाका विभिन्न पालिकाका १ सय ५० सदस्य सहकारी संस्थाहरु आवद्ध छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय