निजगढ, निजगढ नगरपालिकाले घरपालुवा चौपायमा लाग्ने लम्कीस्किन संक्रमणको प्रकोप नियन्त्रणको लागि अन्य पालिकाबाट पशु चौपाय खरिद गरेर नल्याउन किसानहरुसंग आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाले सूचना सार्वजनिक गर्दै देशभर रोगको प्रकोप न्यून नभएसम्म बाहिरबाट पशु नल्याउन निजगढका किसानसंग आग्रह गर्नुभएको हो । हाल निजगढमा लम्किस्किनको जोखिम सामान्य रहेको र बाहिरबाट पशु खरिद गरेर ल्याउदा प्रकोप संक्रमणको जोखिम बढन सक्ने भन्दै देशभरि सो रोगको प्रकोप नियन्त्रण नभएसम्म पशु खरिद गरेर नल्याउन सूचनामा आग्रह गरिएको छ ।

त्यसैगरी निजगढ नगरपालिका पशु सेवा शाखा प्रमुख युगलकिशोर सिंहले पनि बाहिरबाट ल्याइने पशुका कारण पालिकामा पनि रोगको संक्रमण बढनसक्ने भएकोले जाडो मौसम सुरु नभएसम्म पशु खरिद गरेर नल्याउन किसानहरुसंग आग्रह गर्नुभएको छ ।

पशु सेवा शाखाले रोग नियन्त्रणको लागि किसानको घरगोठमा गएर भ्याक्सिनेशन कार्यक्रम संचालन गर्दै आएको र हाल निजगढमा प्रकोपको अवस्था स्थित रहेको पनि उहाँले जानकारी दिनुभयो । ‘हाल संक्रमणको अवस्था स्थिर छ, उहाँले भन्नुभयो, बाहिरबाट पशु चौपाया ल्याउदा प्रकोप बढनसक्ने भएकोले किसानहरुलाई जानकारी गराइएको हो ।’

प्रमुख सिंहका अनुसार हालसम्म २ हजार ५ सय भ्याक्सिन वितरण गरिसकिएको छ । उहाँका अनुसार हाल निजगढमा दैनिक ५÷७ वटा पशु चौपाय अन्यत्रबाट भित्रिने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय