निजगढ,
बीमाको माग गर्दैआएका निजगढका किसानको केराको बीमा हुने भएको छ ।
बारा केरा तथा फलफुल उत्पादक संघ, बीमा कम्पनी हिमालयन एभरेष्ट र बीमा प्राधिकरणका कर्मचारीहरुबीच शनिवार निजगढ नगरपालिकामा भएको छलफलमा किसानको मागअनुसार केराबालीको बीमा गर्ने सहमति भएको हो ।
सहमतिसंगै निजगढ नगरपालिका कृषि शाखाले आइतवारबाट बीमा कार्य सुरु गरेको छ ।
बीमाको माग गर्दै निजगढका किसानले चरणवद्ध आन्दोलनको घोषणा गरेपछि किसानहरुसंग छलफल गर्न निजगढ आएका बीमा कम्पनी र प्राधिकरणका कर्मचारीहरुले निजगढ नगरपालिका कार्यालयमा किसानहरुसंग छलफल गरेका थिए ।
छलफलमा किसानको माग अनुसार बीमा गर्न कम्पनी तयार भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरिएको केरा तथा फलफुल उत्पादक संघका अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
सहमति अनुसार सम्मको बीमा गर्ने सहमति भएको र सो अनुसार बीमा कार्य सुरु भएको हिमालयन एभरेष्ट बीमा कम्पनी सिमरा शाखाका प्रवन्धक श्रीराम रेग्मीले जानकारी दिनुभयो ।
यसअघि कम्पनीले निजगढका किसानको केराबालीको बीमा गर्न आनाकानी गरेपछि संघको आह्वानमा किसानहरुले बीमा कम्पनीको कार्यालय सिमरामा तालाबन्दी गर्ने जस्ता आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।
यसअघि संघको टोलीले सडक आन्दोलनको चेतावनीसहित जिल्ला प्रशासन कार्यालय बारासहित कृषि तथा पशुपंक्षी मन्त्रालय, बीमा प्राधिकरण, हिमालयन एभरेष्ट बीमा कम्पनी र मन्त्रालय, बीमा प्राधिकरण र निजगढ नगरपालिकाकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । हिमालयन एभरेष्ट बीमा कम्पनीका कर्मचारीहरुले ‘माथिको आदेश’ भन्दै बीमा गर्न गएका किसानको केरा खेतीको बीमा नगरी फर्काएपछि निजगढका किसानहरु आन्दोलित बनेका हुन ।
फोटो पनि छ ।
