निजगढ,निजगढ नगर स्तस्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधिको लागि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरी र श्री बकैया ठाकुर माध्यमिक विद्यालय भिड्ने भएकाछन ।
दोश्रो सेमिफाइनल खेलमा मंगलवार नेरामावि रतनपुरीले विद्यासागर अङ्ग्रेजी माध्यमिक विद्यालयलाई पराजित गर्दै बकैया ठाकुरसंग उपाधि भिडन्त पक्का गरेको हो ।
नेरामाविले विद्यासागरलाई ३/० गोल अन्तरले पराजित गरेको हो । खेलको १३औं मिनेटमा राजिब लामाले गोल गर्दै नेरामावि रतनपुरीलाई शुरुवाति अग्रता दिलाएका थिए । १९औं मिनेटमा कर्मा मोक्तानले गोल गर्दै अग्रता दोब्बर बनाए । विद्यासागरमाथि हाबी देखिएको रतनपुरीको लागि खेलको ५८औं वसन्त थोकरले गोल गर्दै ३/० को जित दिलाए ।
खेलको म्यान अफ द म्याच नेरामाविका बिकाबिक्रम लामा घोषित भए । प्रतियोगिताको उपाधि भिडन्तको लागि असार ७ गते बकैया ठाकुर मावि र नेरामावि रतनपुरीबीच प्रतिस्पर्धा हुनेछ ।
बकैया ठाकुरले यसअघि पहिलो सेमिफाइनलमा श्री गौरीशंकर मावि सहिद चोक ए लाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो ।
