सिमरास्थित अल्पाइन अस्पतालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ८ सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छ । विज्ञ चिकित्सकको उपस्थितिमा आयोजित शिविरमा पाँच सय महिलासहित आठ सय ५७ जनाले स्वास्थ्य परीक्षण गराएका हुन् । शिविरमा नेपाल र भारतका दक्ष चिकित्सकद्वारा बालरोग, मुटु, रक्तचाप, हाडजोर्नी, नशा, प्रसुति, बाथ, नाक, कान, घाँटी, आँखा, थाइराइडको निःशुल्क उपचार गरिएको थियो । शिविरमा डा. कृष्ण अधिकारी, डा. प्रशान्त कर्ण, डा. पुष्पराज अधिकारी, डा. उज्वल दास, डा. अनिल पुकार साह, डा. सिम्पल गुप्ता, डा. प्रकाश शाह, डा. शैलेशकुमार शाह, डा. बबिता चौधरी, डा. अभिषेक ठाकुर, डा. नवीन लेखक, डा. स्लेस्मा रिजाल, डा. निल्मणी प्रियदर्शी, डा. जितेन्द्र गिरीसहित १६ जना चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा बिरामीहरुको स्वास्थ्य जाँच गरिनुको साथै परामर्श पनि दिइएको थियो । अस्पतालले एकै स्थानमा १६ जना विज्ञ चिकित्सकको सहभागितामा शिविरको आयोजना गरिएपछि स्वास्थ्य जाँच गर्न स्थानीयको भिड लागेको थियो । अल्पाइन अस्पतालका संचालक शिवकुमार शर्माले एकै स्थानमा स्वास्थ्य सम्बन्धि विभिन्न समस्याको उपचार गर्नका लागि वृहत् स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो ।
