निजगढ नगरपालिका वडा नम्बर ६ घर भएर हाल अमेरिका बस्दै आउनुभएका कन्हैया तिमल्सिनाले गौरिशकर माध्यमिक विद्यालय सडकटोलको नर्सरी कक्षामा अध्ययनरत छात्रा सृष्टि तिमल्सिना र कक्षा एलकेजीमा अध्ययनरत छात्र आकृत थिङलाई कक्षा १२ सम्म अध्ययनको क्रममा लाग्ने सम्पुर्ण खर्च बेहोर्ने संझौता गर्नुभएको छ । तिमल्सिनाले दुबै विद्यार्थीको भर्ना, मासिक शुल्क, स्टेशनरी, स्कुल ब्याग र पोसाक खर्च बापतको सबै रकम बेहोर्न विद्यालयसंगै संझौता गर्नुभएको हो । विद्यालयमा शुक्रवार आयोजित संझौता कार्यक्रममा भाइ घनश्याम तिमल्सिनाले कन्हैयाको प्रतिनिधिको रुपमा संझौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय