राष्ट्रिय स्वतन्त्र पार्टीको निजगढ नगर संयोजकमा रामहरी खरेल मनोनित हुनुभएको छ ।
सो पार्टीका बारा जिल्ला संयोजक चन्दनकुमार स्वर्णकारले शुक्रबार एक पत्रमार्फत खरेललाई नगर भेला नभएसम्मको लागि पार्टीको प्रतिनिधित्व गर्न निजगढ नगर संयोजकको जिम्मेवादी प्रदान गर्नुभएको हो । यसअघि गत पुष २० गते भएको निजगढ नगर भेलाले नगर सभापती तोकिनुभएका खरेललाई मधेस प्रदेश संयोजक तपेश्वर यादवले सामाजिक संजाल फेसबुकबाट निजगढ नगर समिति विघटन भएको घोषणा गरेपछि निजगढ नगर संयोजक खरेल विवादमा पर्नुभएको थियो । मधेस प्रदेश संयोजक यादवको फेसबुक स्टाटसमार्फत पार्टीको केन्द्रीय कार्यालयमा खरेलले लिखित उजुरी गरेपछि जिल्ला संयोजक स्वर्णकारले खरेल नै नगर संयोजक भएको पत्र पठाउनुभएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Radio Nijgadh
Made with ❤️ By Indeep Koirala
