आरके राजन
सिम्रौनगढ,
सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ बजारटोल निवासी बिन्दा महतो दासले सिम्रौनगढबाट काठमाण्डौंस्थित पशुपतीनाथ दर्शनको लागि शुक्रवारबाट पैदल यात्रा सुरु गर्नुभएको छ । उहाँले शुक्रवार दिउसो चार बजे सिम्रौनगढको कन्काली मन्दिरमा पूजापाठ गरेर यात्रा प्रारम्भ गर्नुभएको हो ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दकिशोर प्रसाद जयसवाल र वडा नम्बर ७ का अध्यक्ष विवेक मेहताले पैदल यात्री दासलाई कन्कालीमाई मन्दिर प्राङ्गणबाट फुलमाला र अबिर लगाएर बिदाई गरेका थिए । सो अवसरमा स्थानीयवासीसहित साधु सन्तको पनि उपस्थिति रहेको थियो । महतोले पैदल हिडेर काठमाडौ जाने र पशुपतीनाथसहित देबीदेवताका मुख्य मन्दिर तथा धार्मिक स्थानको दर्शन गर्ने बताउनुभएको सिम्रौनगढबाट हाम्रा सहकर्मी रामेश्वर मेहताले जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय