निजागढ, त्रिभुवन विश्वविद्यालयले निजगढस्थित गौरीशंकर क्याम्पसलाई दिदै आएको अनुदानमा वृद्धि गरेको छ ।
सामुदायिक क्याम्पसहरुलाई अनुदान सहयोग गर्दैआएको विश्वविद्यालयको अनुदान आयोगले गत वर्षको तुलनमा करिव ५ लाख रुपैयाले रकम वृद्धि गरेको हो ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा १४ लाख १५ हजार अनुदान पाएको गौरीशंकर क्याम्पसले यो वर्ष १८ लाख ९० हजार रुपैया अनुदान पाउने भएको छ । यो रकम गत वर्षको तुलनामा ३५ प्रतिशतले वृद्धि भएको हो ।
क्याम्पसबाट उतिर्ण विद्यार्थी संख्या र भर्ना क्रमको बढ्दो दरलाई आधार मानेर विश्वविद्यालय अनुदान आयोगले यस वर्ष अनुदान रकम वृद्धि गरेको क्याम्पसका लेखापाल दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
क्यम्पसमा भर्ना हुने विद्यार्थीसंगै गत वर्षबाट परीक्षामा उर्तिंण हुने विद्यार्थी पनि बढेकोले अनुदान वृद्धि भएको लेखापाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत वर्ष प्रस्ताव पेश गर्दा भएको रिजल्टमा वि.एड. चौथो वर्ष नेपाली मुख्य विषयका विद्यार्थीहरु शतप्रतिशत उत्तिर्ण भएका थिए ।
त्यसैगरी क्याम्पसबाट वि.वि.एस. चौथो वर्ष र वि.एड. तृतिय वर्षमा पनि शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । वि.वि.एस. तृतिय वर्षमा भने २० जना परीक्षामा सामेल भएकोमा १९ जना उत्तिर्ण भएका थिए ।
हाल करिव ४ सय विद्यार्थी अध्ययनरत क्याम्पसबाट पछिल्लो समय परीक्षामा उतिर्ण हुने संख्यामा पनि उल्लेखनीय रुपमा वृद्धि भएको छ ।
क्याम्पस प्रशानले दिएको जानकारीअनुसार गत वर्ष वि.वि.एस. प्रथम वर्षको परीक्षामा सामेल ५७ मध्ये ४९ जना, वि.एड. प्रथम वर्षमा ११ जनामध्ये १० जना, वि.एड. तृतिय वर्षका २९ मध्ये १८ जना विद्यार्थी उत्तिर्ण भएका थिए । उनीहरु मध्ये निजगढ न.पा. ९ निवासी राहुल ठाकुर ६९ प्रतिशत अंक हासिल गरेर उत्तिर्ण हुनुभएको थियो ।
