निजगढ, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु हुने भएको छ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी मोडालिटी तय गरी निर्माण कार्य चाडैँ अघि बढाउने जनाएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य छिट्टै अघि बढाउने बताउनुभएको हो ।
सरकारले विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन, बस्ती स्थान्तरण, मुआब्जा वितरण जग्गा संरक्षण लगायत पूर्व तयारीका कामका लागि बजेट छुट्याएको छ ।
त्यसैगरी निजगढबाट काठमाण्डौं पुग्ने छोटो दुरीको तराई मधेस द्रुतमार्ग निर्माणका लागि सरकारले २२ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । यो आयोजना समयमा नसकिने भएका कारण आगामी तीन वर्षभित्रमा निर्माण सक्ने लक्ष्य सरकारले लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय