बाराको करैयामाई गांँउपालिकामा वडा नम्बर ४ लौतनस्थित सिहोर्वा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ ।

बर्थिङ सेन्टरको उद्धाटन गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शम्भुप्रसाद यादवले हिजो गर्नुभएको हो । स्वास्थ व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नं. ४ का अध्यक्ष एकलाख बाबु अंसारीको अध्यक्षतामा सम्पन सो उद्धाटन कार्यक्रममा करैयामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीको उपस्थिति थियो ।

कार्यक्रममा योजना अधिकृत बिरेन्द्र महतो, स्वास्थ्य शाखा प्रमुख जितेन्द्र पाश्वान, सिहोर्वा स्वास्थ्य चौकी प्रमुख उमाशंकर प्रसाद जयसवाल, स्वास्थ्य सह–संयोजक प्रमोद प्रसाद कुशवाहा, जेजेवाईसी बाराका सावनकुमार यादव, महिला बालबालिका शाखाकी लक्ष्मीकुमारी लामा, एमआईएस सुमिता चौधरीलगायत सिहोर्वा स्वास्थ्य चौकीमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी, वडा सदस्य, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय