बारा प्रहरीले जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर.३ मुसहर्वा टोलस्थित सडक खण्डबाट लागु औषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री तथा सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउदै गरेका चितवन भरतपुर महानगरपालिका वडा नं. १२ गोद्राङ बस्ने पुष्पराज तामाङका अन्दाजी वर्ष २३ का पासाङ तामाङलाई निजले लगाएको पाइन्टको खल्तीमा लुकाई छिपाई ल्याएको अवैध लागू औषध निराभेट– १० लेखिएको १९ पत्ता (५६९ पिस) सहित बुधवार दिउसो फेला पारी पक्राउ गरेको हो । प्रहरीले तामाङलाई लागू औषध मुद्दा अनुसन्धानको लागि प्रहरी हिरासतमा राख्न जिल्ला अदालत बाराबाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
