सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि को १६औं स्थापना दिवशका अवसरमा जीतपुरमा निःशुल्क रगत परीक्षण शिविर आयोजना गरेको छ । कार्यक्रममा १ सय १३ जनाले रगत परीक्षण गराएका थिए ।
परीक्षणको क्रममा सर्वसाधारणको सुगर, यूरिक एसिड र क्रेटिनिङ्ग (मृगौला सम्विन्धि) रोगको परीक्षण गरिएको थियो । कार्यक्रमको प्राविधिक सहयोग जीतपुर स्वास्थ्य चौकीले गरेको थियो । संस्थाले स्थापना दिवशको अवसरमा बिहीवारबाट विभिन्न कार्यक्रमको आयोजना गरिरहेको हो ।
संस्थाका व्यवस्थापक महेश ढुङ्गेलका अनुसार जेष्ठ ११ गतेदेखि आगामी २० गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाइने योजना रहेको छ । जसअनुसार शुक्रवार जीतपुरसिमरा वडा नम्बर १६ सखुवाघाटस्थित जनजागृति माध्यमिक विद्यालयमा दन्त परीक्षण शिविरको आयोजना गरिने छ भने त्यसको भोलिपल्ट थानी आधारभुत विद्यालय अमलेखगञ्जमा आँखा परीक्षण शिविर र मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया समेत गरिने छ ।
त्यसैगरी जेष्ठ १७ गते जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न ५ वटा प्रबेश द्रारमा स्वागत होडिङ्गबोर्ड जडान गरिने छ । १९ गते भने जीतपुरसिमरा वडा नम्बर १४ बेहेरीमा चापाकल निर्माण गरी समुदायलाई हस्तान्तरण गर्ने र २० गते कार्यक्रमको समापन हुने व्यवस्थापक ढुंगेलले जानकारी दिनुभयो ।
