प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवम् धार्मिक स्थल बाराको सिम्रौनगढ बजारस्थित कन्काली ईशरा पोखरीको डिलबाट एक बहुमुल्य कालो पत्थरको काशिदाकारी प्लेट भेटिएको छ ।
कन्काली ईशरा पोखरीको पश्चिमी डिलमा अलपत्ररुपमा फालिएको अवस्थामा सो प्लेट फेला पारिएको स्थानीयवासीले जानकारी दिएका छन । सात बिघामा अवस्थित यो पोखरीको चारैतर्फको डिल ऐतिहासिक तिरहुतिया गढैया ईटा र पत्थर ईटाले निर्माण गरिएको थियो । तर गुठी संस्थान वीरगन्जले डिलका ईटा तोडफोड गरि पोखरीमा नयाँ माटोको डिल निर्माण गरेको छ ।
यस कार्यबाट डेढ फिट चौडाई, दुई फिट लम्बाई र एक फिट मोटाईका ईटा र सोही अकारका पत्थरहरु सबै जमिन मुनि दबिन्न पुगेका थिए । संरक्षणको अभावमा ईटाहरु स्थानीयवासिन्दाहरुले खेतको आली, भकारीको खुट्टा, ढोका र भ¥याङ्ग बनाउन प्रयोग गर्दैआएका थिए । हिजो फेला पारिएको कलो पत्थरलाई सफाइ गर्दा त्यसमा फूलको बुटा बनाईएको र बीचमा प्वाल रहेको पाइएको छ ।
हाल सो पत्थर कन्काली मन्दिरको प्राङगणमा राखिको छ । गुठी सस्थान वीरगन्जअन्तरगत रहेका यो पोखरीको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गइरहेको छ ।
