निजगढ नगरपालिकाको दीर्घकालिन सोचसहित रणनीतिक योजना, राजस्व सुधार कार्ययोजना र मध्यकालिन खर्च संरचना सहितको आवधिक नगर विकास योजना तर्जुमा गर्न आयोजना गरेको कार्यशाला गोष्ठी बुधवार सम्पन्न भएको छ । कार्यशाला गोष्ठीमा निजगढस्थित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले निजगढ नगरपालिकाले तय गर्न लागेको दीर्घकालिन सोच सहितको आवधिक योजना, राजस्व सुधार कार्ययोजनामा आफ्नो दलहरुको तर्फबाट सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्य, विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सुरक्षा निकायका प्रमुख, संचारकर्मीलगायतको सहभागिता रहेको थियो । ४ दिनसम्म चलेको सो गोष्ठीको समापनमा नगर प्रमुख पुुरीले निजगढ नगरपालिकाले आवधिक योजना, मध्यमकालिन खर्च संरचना, राजस्व सुधार सम्बन्धी कार्ययोजना तर्जुमाका लागि आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागी भई समृद्ध नगर निर्माणका लागि महत्वपूर्ण योगदान पु¥याउनुहुने सबैमा धन्यवाद व्यक्त गर्नुएको थियो । यसअघि गत जेष्ठ ७ निजगढ नगर प्रमुख पुरीले गोष्ठीको उद्धाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय