निजगढ नगरपालिकाका प्रमुख सुरत पुरीलाई सामुदायिक वन उभोक्ता महासंघले हिजो काठमाण्डौंमा सम्मान गरेको छ । सामुदायिक वन दिवसको अवसरमा महासंघले वन उपभोक्ता समुह गठन र वन संरक्षणमा योगदान गरेको भन्दै नगरप्रमुख पुरीलाई सम्मान गरेको हो ।

त्यसैगरी नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग र जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेतीलाई पनि सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी ओली र वन तथा वातावरण मन्त्री प्रदीप यादवले प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गनुर््भएको छ ।

नगर प्रमुख पुरी बारा जिल्लामा सामुदायिक वन अभियान्ताको रुपमा पनि परिचित हुुनुहुन्छ भने उपप्रमुख थिङ्गले ग्रिन फाण्डेशनमार्फत जैविकविविधता संरक्षणको क्षेत्रमा काम गर्नुभएको थियो । त्यसैगरी जिल्ला समन्वय समितिकी उपपप्रमुख उप्रेतीले निजगढ ८ स्थित बकैया ठाकुर सामुदायिक वन समुहको सचिवको रुपमा काम गर्दै आउनुभएको छ ।

त्यस्तै वन तथा भूसंसरक्षण विभागले निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समुहलाई गणेशमान सिंह राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको छ । सामुदायिक वन दिवस २०७९ को अवसरमा वन तथा वातावरण मन्त्री प्रदीप यादवले हिजोउपभोक्ता समुहलाई नगद २५ हजारसहित प्रमाणपत्रलेसम्मान गर्नुभएको हो ।

काठमाण्डौंमा भएको सम्मान कार्यक्रममा वन समुहका अध्यक्ष गणेश कार्कीले पुरस्कार र सम्मानपत्र ग्रहण गनर््ुभएको थियो ।

उपभोक्ता समुहलाई विभागले प्रदान गरेको प्रमाणपत्रमा वन संरक्षण, व्यवस्थापन र समुहको शसक्तीकरणका महत्वपूर्ण योगदान गरेकोले सान्त्वना पुरस्कारबाट सम्मान गरिएको भनेर उल्लेख गरिएको छ । सामुदायिक वन दिवसको अवसरमा वन विभागले हरेक वर्ष वन संरक्षणमा उत्कृष्ट काम गर्ने समुहहरुलाई सम्मान गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय