निजगढ नगरपालिकाकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको फेरि निजगढमा नै थमौति भएको छ । रौतहटको गौरबाट २०७७ साल फागुन ७ गते सरुवा भएर आएका कार्कीको यो अवधिमा चौथो पटक निजगढमा थमौति भएको हो ।

यसअघि २ पटकसम्म जिल्ला समन्वय समिति सिन्धुलीमा सरुवा हुनुभएका कार्कीलाई पछिल्लो पटक गत साउन ११ गतेसंघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको थियो ।

यसबीचमा एकपटक कार्कीको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगत पनि सरुवा भएको थियो । पछिल्लो पटक सरुवा भएको १ साता पनि नबित्दै कार्कीको हिजो फेरि निजगढमा नै थमैति भएको हो । प्रशासकीय अधिकृत कार्कीको थमौति भएको सूचनापाएपछि नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले कार्यालयमा हाजिरी गराउन नसक्ने बेहोराको पत्र सोमवार मन्त्रालयमा पठाएका छन ।

‘निर्वाचित भएर आएदेखि नै नगरपालिकाको कामकाजमा असहयोग गरेकाले अधिकृत कार्कीको नियमित सरुवा मन्त्रालयले गरेको थियो, नगरप्रमुख पुरीले भने, फेरि थमौति गरिएको भन्ने खबर सुनिएको छ, तर उनलाई कार्यालय हाजिर गराएर काम गर्न दिदैनौं ।’ उनले जनप्रतिनिधिहरुलाई असहयोग गर्ने हाकिमलाई राखेर काम गर्न नसकिने पनि उनको भनाइ छ ।
मन्त्रालयले कार्कीको स्थानमा निजगढमा आएका मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले गत शुक्रवार कार्यालयमा आएर हाजिर समेत गरिसकेका छन ।

कार्कीलाई फेरि निजगढ पठाएपछि पुरीलाई भने अब मन्त्रालयमा नै जगेडामा राखिने मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए ।

यसअघि पनि मन्त्रालयबाट पटकपटक सरुवा हुनुभएका कार्कीको पटकपटकको थमैतिलाई स्थानीयले शंकाको दृष्टिले हेरेका छन । प्रमु्ख प्रशासकीय अधिकृत कार्कीको निजगढमा नै बस्न खोज्नु शंकाको विषय भएको भन्दै स्थानीय बलराम तिमल्सिनाले यस विषयमा जनता प्रश्न गर्न पाउनुपर्ने बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय