दहिचिउरा खाने दिन अर्थात असार १५, धान दिवसको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ५ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले आत्मियता बाड्दै दहिचिउरा खुवाएर मनाएको छ ।
सहकारीको बिक्री केन्द्र सहीद चोकमा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका सापकोटा, निजगढ नगरपलिकाका नगर प्रमुख सुरथ पुरी, दुग्ध विकास बोर्ड मधेस प्रदेशका सदस्य दिलबहादुर लामा, निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, एकबहादुर श्रेष्ठलगायत निजगढस्थित विभिन्न बैङ्ग र बित्तीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिनुुभयो ।
यसैबीच यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ । २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार सरकारले २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालेको हो ।
नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । नेपालको आर्थिक वृद्धिदर नै धानको उत्पादनमा निर्भर छ ।
धानको उत्पादन बढे, कुल गार्हस्थ उत्पादन बढ्छ तर उत्पादन घटे घट्छ । तर किसानले बर्सेनि मलको समस्या भोग्दै आएका छन् ।
चालु आर्थिक वर्षका ११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । यसमध्ये ४५ अर्ब रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बीउ रहेको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय