ईलाका प्रहरी कार्यालय निजगढले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाँउपालिका वडा नम्बर ३ का ३३ वर्षीय लाल काजी छन् ।
प्रहरीले गाँजा ओसार पसारमा प्रयोग भएको प्र.३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरिक्षक सन्जिब ओलीका अनुसार जिल्ला ट्राफिक कार्यालय बाराबाट प्रहरी सहायक निरिक्षक पुष्कर घिमिरेको कमाण्डमा खटिएको चेकिंग टोलिले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मोटरसाइकललाई रोकि चेकजाँच गर्दा पक्राउ परेका हुन ।
बाराको निजगढबाट पिड्युमा झोलाभित्र राखेको गाँजा बोकेर पूर्व–पश्चिम राजमार्गहुदैँ चपुरतर्फ जादै गरेको मोटरसाइकललाई बारा र रौतहटको सिमामा रहेको धनसार पुल नजिकैबाट काजीलाई पक्राउ गरिएको हो ।
प्रहरीलाई देखेपछि उतm मोटरसाइकलको पछाडि सवार महिलाले भिरेको निलो रंगको झोलामा रहेको ६ किलो ५ सय ग्राम गाँजा सहित झोला फाली जंगलमा भागि फरार भएकी छन भने सो मोटरसाइकलका चालक काजीलाई भने प्रहरीले पक्राउ परेका हो ।
काजीले भिरेको झोलाबाट समेत ६ किलो ५ सय ग्राम गरि १३ किलो गाँजा सहित उनी पक्राउ भएका हुन भने फरार रहेको महिलाको खोजि भईरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरिक्षक ओलीले जानकारी दिए ।
