सत्तारुढ गठबन्धनमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको भागबन्डामा निजगढको वडा नम्बर ७ माओवादीको भागमा परेको भएता पनि नेपाली कांग्रेसले गठबन्धनको मर्म बिपरित वडा नम्बर ७ को वडा अध्यक्षमा सुमन कुमार लामा सहित  ५ सदस्यलाई नै उम्मेदावर बनाएर उम्मेदावरी दर्ता गरेको छ ।
गठबन्धनमध्ये निजगढमा माओवादी केन्द्रको भागमा वडा नम्बर ३, ४, ६ र ७ परेको बताइएको छ ।
उम्मेदावरी दर्ता गरे पछी लामाले निजगढन्युजसँग भने, “मैले बागी उम्मेदावरी दिएको होइन, प्रदेशबाट अधिकारिक पत्रसहित आएको हुँ” । अनी यो त गठबन्धनको मर्म बिपरित भयो नि भन्ने प्रश्नको उतर दिदै लामाले भने, “गठबन्धन कुन कुन वडामा भयो भन्ने भखरै थाहा भयो तर मैले मेरो वडाका निम्ती हिजोनै जनकपुर गएर टिकेट लिएर आएको हुँ, स्थानिए नेताले गरेको गल्तीको जिम्मा त मेरो होइन नि ।”
लामाले पेस गरेको सबै कागज प्रकृया अनुसारै भएकाले उम्मेदावरी दर्ता गरिएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय